काठमाडौं। नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा ७६औँ भारतीय सेना दिवसमा सहभागी भएका छन् । नेपालका लागि भारतीय राजदूतावास, काठमाडौंले मंगलवार गरेको उक्त कार्यक्रममा उनी सहभागी भएका हुन् ।
सो अवसरमा शर्माले भारतीय सेनाको व्यावसायिकताप्रति सम्मान प्रकट गरेका थिए । उनी भारतीय सेनाका मानार्थ सेनापतिसमेत हुन्।
नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले भने भारतीय सेनामा गोर्खा सैनिकको अमूल्य योगदानको स्मरण गर्दै उनीहरू दुवै देश र सेनाबीचका अटुट नाताको बलियो कडी भएको उल्लेख गरे ।सन् १९४७ मा भारत स्वतन्त्र भएयता गोर्खा सैनिकले भारतीय सेनामा काम गर्दै आएका छन् ।
अहिले भारतीय सेनामा ३९ बटालियनसहित ७ गोर्खा रेजिमेन्ट्स छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २३ माघ २०८०, १६ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानसेनापति शर्माले गरे चोभारको पञ्चु तथा पाल-सायर प्लान्टको शुभारम्भ
सुशासन समितिमा प्रधानसेनापतिको जवाफ– द्रुत मार्गको काम तीव्र गतिमा, भौतिक प्रगति ३३.२० प्रतिशत