राजधानीको सिनामंगलमा एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु

सफल खबर संवाददाता

मंगलबार, २३ माघ २०८०, १२ : १०
राजधानीको सिनामंगलमा एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु

काठमाडौं । राजधानीको सिनामंगलमा एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।मधेश प्रदेश ००१ प ११३४ नम्बरको एम्बुलेन्सको ठक्करबाट उदयपुर घर भएका ३५ वर्षीय दिपक राईको सोमबार बेलुकी मृत्यु भएको हो । 

ठक्करबाट गम्भीर घाइते भएका उनको केएमसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । एम्बुलेन्स चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।