काठमाडौं । काठमाडौंको सडकमा बेहोस अवस्थामा भेटिएका एक जनाको निधन भएको छ। काठमाडौंको गोठाटारमा कृषि फार्म सञ्चालन गर्ने युवक बिहीबार गोठाटारकै सडकमा राति १२ बजेतिर बेहोस अवस्थामा फेला परेका थिए।
त्यसरी फेला पर्नेमा ३३ वर्षीय दिलीप कट्टेल रहेका छन्। उनको आज वीर अस्पतालमा मृत्यु भएको हो। उनी मादक पदार्थ सेवन गरेको अवस्थामा फेला परेको बानेश्वर प्रहरी प्रमुख डीएसपी शिवराज बुढाथोकीले जानकारी दिए। प्रहरीले उनीसँगै बसेर मादक पदार्थ सेवन गरेका चार युवालाई घटनाबारे सोधपुछ गर्न नियन्त्रणमा लिएको छ। प्रहरीको नियन्त्रणमा रहेका युवाहरू मृतक कट्टेलकै साथी हुन्।
कट्टेल बेहोस हुँदा उनका साथीहरू कहाँ थिए भन्नेबारे सोधपुछ गर्न प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ। मृतकको शरीरको बाहिरी भागमा भने कुनै चोट देखिएको छैन। पोस्टमार्टम रिपोर्ट आएपछि प्रहरीले थप अनुसन्धान गर्ने जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २१ माघ २०८०, १९ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मणिपुरमा भारतीय प्रहरीमाथि कुकी समूहको आक्रमण, २ जनाको मृत्यु
छुट्टाछुट्टै घटनामा सर्लाहीमा दुई जनाको मृत्यु
मणिपुरको सीआरपीएफ क्याम्पमा आक्रमण, दुई सैनिकको मृत्यु
चितवनमा आफै चढेको बसले ठक्कर दिँदा एक तीर्थयात्रीको मृत्यु
पोखरामा बसले स्कुटरलाई ठक्क दिँदा किशोरीको मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु