काठमाडौं । धादिङमा गुडिरहेको बसमा आगो लागेको छ । मंगलबार बिहान करिब साढे २ बजे लु१ख ९१९० नम्बरको यात्रीवहाक बसमा आगो लागेको प्रहरीले जनाएको छ ।
उक्त बस भैरहवाबाट काठमाडौंतर्फ आउँदै थियो । गजुरी गाउँपालिका–२, चालिसेमा सो घटना भएको वाग्मती प्रदेश प्रहरी कार्यालयले जानकारी गराएको छ ।
प्रहरीका अनुसार, एक्कासि ब्याट्री सर्ट भई बसको पछाडि भागको डिक्कीमा आगो लागेको थियो । आगलागीबाट बसको पछाडिको भाग र बायाँ ‘साइड’मा क्षति पुगेको छ ।
आगलागीका कारण बस नचल्ने अवस्थामा पुगेको छ । डिक्कीमा राखिएको सामान जलेर क्षति भएको छ । यात्री कसैलाई केही नभएको र आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १६ माघ २०८०, १० : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सामुदायिक वनमा लागेको आगो निभाउन कठिन, जोखिममा भेडीगोठ
चार दिनपछि हेलिकोप्टरबाट निभाइँदै महाभारतको जंगलमा लागेको आगो
चिसोबाट बचाउन बालेको आगो खोरमा सल्किदाँ दर्जन बढी खसीबाख्रा मरे
सोलुखुम्बुमा आगो ताप्ने व्यवस्था
बालकुमारीमा आगो लाग्दा डान्सबारसहित ४ वटा पसल जले
धावनमार्गमै विमानमा आगो लागेपछि…