काठमाडौँ । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सरकार सञ्चालनमा रहेका तथा राज्य सञ्चालनमा रहेका पदाधिकारी तथा सम्बद्ध सबैले सार्वभौमसत्ता सम्पन्न नेपाली जनतालाई शिरमा राखेर काम गर्नुपर्ने बताएका छन्।
नेपालको संविधानले नै राज्यशत्तिको मूल श्रोत र सार्वभौमसत्ता नेपाली जनतामा निहित गरेको भन्दै जनताको मन दुख्ने कुनै व्यवहार र काम कसैले पनि गर्न नहुने उपप्रधानमन्त्री खड्काको भनाइ छ।
रक्षामन्त्री समेत रहनु भएका उपप्रधानमन्त्री खड्काले सोमबार नेपाली सैनिक प्रतिष्ठान, खरिपाटीको निरीक्षण भ्रमण पछि सम्बोधन गर्दै राज्यका सबै निकायले जनतालाई मन नपर्ने वा जनताको आत्मसम्मानमा चोट पुग्ने कुनै पनि काम गर्नै नहुनेमा जोड दिएका छन।
राजनीतिकर्मी, निजामती कर्मचारी, सेना, प्रहरी लगायत सबै राष्ट्रसेवकले जनतालाई पहिलो सम्मान दिएर काम गरे आम नागरिकले पनि अपनत्वको भाव देखाउने भन्दै उपप्रधानमन्त्री खड्काले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा नागरिक भन्दा ठूलो अरू कोही पनि नभएकोले हरेक क्षेत्रमा काम गर्नेहरूको काम, कर्तव्य र अधिकार फरक-फरक भए पनि आम नागरिकको सम्मान, उन्नति र प्रगति सबैको साझा लक्ष्य हुनुपर्ने कुरा प्रष्ट पारेका छन ।
यस्तै उपप्रधानमन्त्री खड्काले सैनिक सेवामा प्रवेश गरी प्रशिक्षणमा रहेका अधिकृतहरूलाई सदैव सकारात्मक सोचाइ, सिक्ने अभिरुचि, दृढ इच्छाशक्ति तथा निरन्तर लगावका साथ राष्ट्र सेवामा लाग्न सुझाव दिएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १५ माघ २०८०, १८ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नदीमा ढल मिसाउने अवस्थाको अन्त्य गर्न जरुरी : उपप्रधानमन्त्री सिंह
बागमती सभ्यतालाई कायम राख्न भइरहेका कामकारबाहीप्रति शहरी विकास मन्त्रीले जनाए असन्तुष्टि
प्रधानमन्त्रीसँग माल्दोभाका उपप्रधानमन्त्रीको भेट
पूर्व विशिष्टलाई सुविधा थप्ने सरकारको तयारी छैन : उपप्रधानमन्त्री सिंह
अर्थतन्त्र चलायमान बनाउन स्थानीय उत्पादनको प्रवर्द्धन गरौँ : उपप्रधानमन्त्री सिंह
एकैदिनमा देश बन्दैन, राष्ट्र निर्माणमा सबैको सहभागिता जरुरी छ : उपप्रधानमन्त्री सिंह