सुर्खेत । पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकामा एक जना युवकको शव फेला परेको छ ।प्रहरीका अनुसार शव फेला परेका युवक पञ्चपुरी नगरपालिका–६, कुवापानीका १८ वर्षीय भरत बुढा रहेका छन् । उनी घरभन्दा केही टाढा मृत फेला परेका हुन् ।
प्रहरीका अनुसार भरत सोमबार राति १ बजेतिरको समयमा मृत अवस्थामा फेला परेको र स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कुष्णबहादुर खड्काका अनुसार भरतको शरीरमा चोट लागेको छ ।
हाल घटनास्थलमा प्रहरी उपरीक्षक योगेन्द्रसिंह थापाको टोली र कोहलपुरबाट तालिम प्राप्त कुकुरसहितको अनुसन्धान टोली खटेर अनुसन्धान भइरहेको छ ।‘घटना शंकास्पद छ,’ खड्काले भने, ‘अनुसन्धान भइरहेको छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०२ माघ २०८०, १५ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
महोत्तरीमा अर्धनग्न अवस्थामा युवकको शव भेटियो
चितवनमा युवकलाई निर्घात कुटपिट गर्ने असई निलम्बनमा
चितवनमा एक युवकमाथि प्रहरीबाटै निर्घात कुटपिट, छानबिन समिति गठन
अस्ट्रेलियाको मेलबर्नमा आगलागीमा परेर नेपाली युवाको मृत्यु
राउटे समुदायका एक युवकको मृत्यु, १३४ मा झर्यो जनसङ्ख्या
रौतहटस्थित बागमती नदीमा युवकको शव फेला