सर्लाहीको बरहथवामा भाेलिसम्मका लागि निषेधाज्ञा

सफल खबर संवाददाता

शनिबार, २१ पुस २०८०, ११ : ११
सर्लाहीको बरहथवामा भाेलिसम्मका लागि निषेधाज्ञा

सर्लाही । जिल्ला प्रशासन कार्यालय सर्लाहीले बरहथवा क्षेत्रमा लगाएको कर्फ्यु हटाएको छ । स्थानीय प्रशासनले कर्फ्यु हटाएर आज बिहान ८ बजेदेखि भोलि बिहान ८ बजेसम्मका लागि निषेधाज्ञा लगाएको हो । निषेधाज्ञाको समयमा भेला हुन, सभा तथा गतिविधि गर्न नपाइने बताइएको छ । 

नगरपालिकाको पूर्वमा सीतापुर जाने बाटोको बह्मस्थान, पश्चिममा हजरिया जाने बाटोको नहर, दक्षिणमा हनुमान मन्दिर र उत्तरमा सोती चोर्निया पुलभित्र निषेधाज्ञा लागू हुनेछ । सर्लाहीको बरहथवामा नगर अस्पतालको विषयलाई लिएर शुक्रबार  भएको प्रदर्शनमा बरहथवा नगरपालिका– ६ का जयशंकर साहको मृत्यु भएको थियो । प्रदर्शनको क्रममा प्रहरी र स्थानीयबिच भएको झडपमा प्रहरीको गोली लागेर उनको मृत्यु भएको हो । 

मृतक जयशङ्कर साहको शव अहिलेसम्म घटनास्थलमै रहेका स्थानीयले बताएका छन् । सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेका अनुसार हिजो तनाव भएको ठाउँमा आज पनि बिहानैदेखि प्रहरी खटिएका छन् । 

प्रतिक्रिया दिनुहोस