सर्लाही । स्थानीय प्रशासनले सर्लाहीको बरहथवा बजार क्षेत्रमा कर्फ्यु आदेश थप गरेको छ। तर, स्थानीयले भने कर्फ्यु उल्लंघन गर्दै शनिबार बिहानैदेखि बरहथवा बजारमा प्रदर्शन सुरु गरेका छन्।
स्थानीय अस्पतालको स्तरोन्नतीको विषयलाई लिएर शुक्रबार दिउँसो भएको प्रदर्शन हिंस्रक झडपमा परिणत भएपछि जिल्ला प्रशासन कार्यालयले शुक्रबार साँझदेखि बरहथवा नगर क्षेत्रमा कर्फ्यु लगाएको थियो।
शनिबार बिहान ८ बजेसम्म जारी गरिएको कर्फ्यु शनिबार पुनः थप गरिएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ।
शनिबार बिहान ८ बजेदेखि आइतबार बिहान ८ बजेसम्मको लागि कर्फ्यु थप गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले जारी गरेको सूचनामा उल्लेख छ।
शुक्रबार दिउँसो प्रहरीको गोली लागेर ज्यान गुमाएका जयशंकर साहको शव अहिले पनि घटनास्थलमै छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २१ पुस २०८०, ०९ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वीरगञ्ज महानगर क्षेत्रमा लगाइएको कर्फ्यु हट्यो, निषेधाज्ञा जारी
वीरगञ्जमा कर्फ्यु जारी
काठमाडौँको तीनकुने क्षेत्रमा लगाइएको कर्फ्यु स्थगन
शान्ति सुरक्षा भङ्ग हुनसक्ने परिस्थिति उत्पन्न भएको भन्दै ताप्लेजुङमा कर्फ्यु