एजेन्सी । हिन्डनबर्ग अनुसन्धान मामिलामा पुन: अनुसन्धानको प्रश्नमा सर्वोच्च अदालतको निर्णय पछि अडानी समूहको बजार पूँजीकरण बुधबार बढेर १५.११ लाख करोड रुपैयाँ पुगेको छ। पहिले यो १४.४७ लाख करोड रुपैयाँ थियो।
यससँगै गौतम अडानीको परिवारको सम्पत्ति मुकेश अम्बानीको सम्पत्तिभन्दा बढी भएको छ । यसरी उनी भारतको सबैभन्दा धनी प्रवर्तक बनेका छन् । अडानी समूहमा अडानी परिवारको कुल सम्पत्ति अब बढेर ९.३७ लाख करोड रुपैयाँ पुगेको छ। बुधबार यो सम्पत्ति ८.९८ लाख करोड रुपैयाँ थियो । यसको तुलनामा मुकेश अम्बानीको परिवारको कुल सम्पत्ति ९.२८ लाख करोड रुपैयाँ छ।
सर्वोच्च अदालतको बुधबारको फैसलापछि बुधबार अदानी समूहका कम्पनीको सेयर मूल्य ११ प्रतिशतले बढेको थियो ।सर्ट सेलर कम्पनी हिन्डनबर्ग रिसर्चले गत वर्ष आफ्नो प्रतिवेदनमा अदानी समूहलाई शेयरमा अनियमितता र लेखामा हेरफेर गरेको आरोप लगाएको थियो । यसपछि अदानी समूहको शेयरमा भारी गिरावट आएको छ । समूहको सम्पत्ति झण्डै आधाले घटेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २० पुस २०८०, ११ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विवाह बन्धनमा बाँधिए अनन्त अम्बानी