सुर्खेत । वीरेन्द्रनगरमा २५ वर्षपछि शुक्रबार राष्ट्रिय भलिबल प्रतियोगिता शुरु हुँदैछ।
३४औँ राष्ट्रिय भलिबल प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टिमको सहभागिता रहने आयोजक नेपाल भलिबल संघ कर्णाली प्रदेश समितिले जनाएको छ।
प्रतियोगिताको लागि आर्थिक सहयोग कर्णाली प्रदेश सरकारले र व्यवस्थापन कर्णाली प्रदेश भलिबल संघले गरेको संघकाअध्यक्ष कृष्ण श्रेष्ठले जानकारी दिए ।
कर्णालीमा हुने खेलबाट नेपालको लागि राष्ट्रिय टिम छनोट हुनेछ। एक टिमबाट १५ जना गरेर १० टिमबाट कर्णालीमा १५० खेलाडी आउनेछन्।
पुस २६ गतेसम्म हुने प्रतियोगिताका लागि ५६ लाख रुपैयाँ खर्च हुने् जनाइएको छ। यसमध्य प्रदेश सरकारले ४४ लाख रकम उपलब्ध गराउनेछ।
सुर्खेतमा यसअघि २०५५ सालमा राष्ट्रिय भलिबल प्रतियोगिता भएको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २० पुस २०८०, ०९ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल पुलिस क्लबलाई भलिबल कपको उपाधि
बुटवलमा इन्डो-नेपाल रनिङ्गशिल्ड पुरुष भलिबल प्रतियोगिता शुरू
महिला भलिबल लिगको फाइनलमा कर्णाली र ललितपुर भिड्ने
बौदीकालीले जित्यो अन्तरपालिकास्तरीय खुल्ला पुरुष भलिबलको उपाधि
हेलम्बुमा हाइअल्टिच्युड भलिबल प्रतियोगिता हुने