काठमाडौं । मध्यपश्चिम विश्वविद्यालय (एमयू) ले प्रश्नपत्र आउट गरेको आरोपमा ६ जनालाई निलम्बन गरेको छ ।
ग्य्राजुएट स्कुल अफ इन्जिनियरिङतर्फ स्नातक तह छैटौं सेमेस्टारको डिजाइन अफ स्ट्रक्चर विषयको परीक्षा हुनुभन्दा पहिला नै प्रश्नपत्र बाहिरिएपछि परीक्षा व्यवस्थापन प्रमुख नगेन्द्र साउदसहित ६ जनालाई एमयूले निलम्बन गरेको हो ।
उपकुलपति प्राध्यापक डा। नन्दबहादुर सिंहले पुस ३ गतेबाट सञ्चालन हुने भनिएको परीक्षाको प्रश्नपत्र नै बाहिरिएपछि रद्द गरेर छानबिन भइरहेको बताए । निलम्बनमा पर्ने परीक्षा व्यवस्थापन कार्यालयमा प्रमुख र सम्बन्धित इन्जिनियरिङ शाखामा काम गर्ने पाँच जना कर्मचारीहरू रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १९ पुस २०८०, १४ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मध्यपश्चिम विश्वविद्यालयले स्थगित गर्यो परीक्षा
मध्यपश्चिम विश्वविद्यालयले फेरि घोषणा गर्यो स्ववियु निर्वाचनको मिति, चैत १८ गते मतदान
मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त : तीन हजार आठ सय ४१ विद्यार्थी दीक्षित
मध्यपश्चिम विश्वविद्यालयको स्ववियु निर्वाचन स्थगित