काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले दार्चुलाको विकासमा नेकपा एमाले नेतृत्वको सरकारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।
नेकपा एमाले जिल्ला कमिटी दार्चुलाको ९औँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै नेता पोख्रेलले एमाले नेतृत्वको सरकारले दार्चुलामा ठूला साना थुप्रै विकासका गतिविधि अगाडी बढाएको दाबी गरेका हुन् ।
नेपाली सेना मार्फत तिंकर नाका खोल्ने काम सुरु गराउन एमाले नेतृत्वको सरकारले भूमिका खेलेको वरिष्ठ उपाध्यक्ष पोख्रेलले बताए । अहिलेको गठबन्धनको सरकारले कुनै काम गर्न नसक्ने उनको आरोप थियो ।
पूर्व मन्त्री गणेश सिंह ठगुन्नाले गोकुलेश्वर एयरपोर्ट निर्माणमा एमालेको सरकार भएको बेलामा मात्रै बजेट विनियोजन भएको स्मरण गरेका थिए । उनले अरू पार्टीको नेतृत्वका बोला बजेट काटिएको समेत बताए ।
जिल्ला कमिटी अध्यक्ष प्रेम सिंह धामीको अध्यक्षता सुरु भएको जिल्ला अधिवेशनमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेल प्रमुख अतिथि रहेका थिए । बुधबार उद्घाटन गरिएको अधिवेशनबाट नेकपा एमाले जिल्लाको नयाँ नेतृत्व समेत चयन हुने छ । जिल्ला कमिटी अध्यक्षमा ४ जना सहित पाँच पदाधिकारीमा २७ जना आकाङ्क्षीहरू छन् ।
जसमा अध्यक्ष पदमा ४ जना, उपाध्यक्षमा ५ जना, सचिवमा ५ जना र उपसचिवमा १३ जना आकाङ्क्षी रहेका छन् ।उपसचिव खुल्लातर्फ ७ जना र समावेशी महिलातर्फ ६ जनाले आकाङ्क्षी देखिएका छन् । एमालेले दार्चुलाका वटै ६१ वडामा पुस १४ गते शनिबार एकसाथ अधिवेशन प्रतिनिधि चयन गरिसकेको छ । नवौँ जिल्ला अधिवेशनमा झन्डै साढे चार सय प्रतिनिधि छनोट भएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १८ पुस २०८०, २१ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तथ्य र प्रमाणको आधारमा छिमेकीसँग आई टु आई कुरा गर्छौँं: ईश्वर पोखरेल
वरिष्ठ उपाध्यक्ष पोखरेललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी
चीन र नेपालको सम्बन्ध जनस्तरमा विस्तार आवश्यक : ईश्वर पोखरेल
समान विकासका लागि विश्वका सभ्यताको आदान-प्रदान आवश्यक : ईश्वर पोखरेल
संविधान संशोधन सबैको सहमतिमा हुन्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
भ्रष्टाचार र आर्थिक अनियमिततामा संलग्न जोकोहीलाई कारवाही हुनुपर्छ : ईश्वर पोखरेल