इटहरी । धरानका मेयर हर्क साम्पाङले आफ्नो कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएका छन् । केन्द्रले धरानलाई महत्व नदिएको भन्दै उनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को तस्वीर बिहिबार आफ्नो कार्यकक्षबाट हटाएका हुन् । उनले कार्यकक्षमा यलम्बरको तस्वीर राखेका छन् ।
बुधबार उनले सामाजिक संजाल फेसबुकमा स्टाटस् लेख्दै भोलि म राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर यलम्बरको फोटो राख्दैछु ! जुन दिन केन्द्रले धरानलाई महत्व दिन्छ त्यो दिन पुन: उनीहरुको फोटो टाँस्नेछु ! जय देश ! बनेर पोष्ट गरेको भोली पल्टै राष्ट्रपति र प्रधानमन्त्रीको तस्वीर हटाएर यलम्बरको तस्वीर राखेका हुन्।
पछिल्लो समय धरानमा विमानस्थल बनाउन केन्द्रले चासो नदिएको भन्दै साम्पाङले असन्तुष्टी पोख्दै आएका थिए । सर्वत्र बिरोध भएपछि उनले शुक्रबार बिहान पनि फेसबुकमा अर्को स्टाटस पोष्ट गर्दै मलाई काम गर्न देऊ ! धेरै नचलाऊ ! भनेका छन्।
यस’bout बुझ्न हामीले उप–प्रमुख अईन्द्र विक्रम बेघालाई सम्पर्क गर्दा उनको स्वकीय सचिवले फोन उठाउदै आफूहरुले पनि बाहिर बाटै राष्ट्रपति र प्रधानमन्त्रीको तस्वीर हटाएको सुनेको र अन्य कसैलाई मेयरको कार्यकक्षमा जाने अनुमति नरहेको र उप–प्रमुख सहितको टोली योजना अनुगमन फिल्डमै रहेको बताए। आज कार्यपालिकाको बैठक पनि रहेकाले राष्ट्रपति र प्रधानमन्त्रीको तस्वीर हटाएको ’bout पनि छलफल हुनसक्ने बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १३ पुस २०८०, १४ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अब चाँडै राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर राख्छु : मेयर साम्पाङ