काठमाडौं । आगलागीको घटनामा परेर एक जनाको मृत्यु भएको छ । दार्चुलाको नौगाड गाउँपालिका-३ होपरीगाड बस्ने रनबिर टमटाको घरमा विद्युत सर्ट भई बुधबार बेलुकी आगलागी हुँदा उनको ४ महिनाको छोरा बिजय प्रकाश टमटाको जलेर मृत्यु भएको हो । आगलागीबाट घर पूर्णरुपमा जलेर नष्ट भएको छ ।
यसैगरी रूपन्देहीको शुद्धोधन गाउँपालिका-३ स्थित टाइगर ब्रुअरी इण्डष्ट्रिज प्रालिको कम्पाउण्डमा पार्किङ गरी राखेको बा.६ च ९०२० नम्बरको कारमा ब्याट्री सर्ट भई बुधबार दिउँसो आगलागी हुँदा कारको अगाडिको भाग जलेर करिब १२ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
काभ्रेको चौरिदेउराली गाउँपालिका-५ स्थित गाउँपालिकाको कर्मचारीहरुको निवासमा पनि विद्युत सर्ट भई बुधबार दिउँसो आगलागी हुँदा ल्याप्टप, प्रिन्टर, फर्निचर लगायतका सामानहरू जलेर करिब ४ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
यसैगरी बर्दियाको बासगढी नगरपालिका-५ हाउपुर चोक बस्ने टेक बहादुर डाङ्गीको घर नजिकै रहेको परालको टौवामा बुधबार राति आगलागी भई उक्त आगो फैलिएर सँगै रहेको गोठमा समेत आगलागी हुँदा गोठ र पराल पूर्णरूपमा जलेर करिब ६ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १२ पुस २०८०, १२ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सामुदायिक वनमा लागेको आगो निभाउन कठिन, जोखिममा भेडीगोठ
चार दिनपछि हेलिकोप्टरबाट निभाइँदै महाभारतको जंगलमा लागेको आगो
चिसोबाट बचाउन बालेको आगो खोरमा सल्किदाँ दर्जन बढी खसीबाख्रा मरे
सोलुखुम्बुमा आगो ताप्ने व्यवस्था
बालकुमारीमा आगो लाग्दा डान्सबारसहित ४ वटा पसल जले
धावनमार्गमै विमानमा आगो लागेपछि…