विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नेताहरूले समाजिक सञ्जालमा लाइक र कमेन्टका लागि लोकप्रियता पाउन मात्रै बोल्ने गरेकाले राजनीतिक दल कमजोर भएको बताएका छन् ।
नेपाली काँग्रेस उदयपुरको कटारीमा आयोजित जिल्ला सम्मेलनमा मुख्यमन्त्री कार्कीले पार्टीका नेतृत्व तहका नेताहरू भोट लिएर जाने तर फर्केर नआउने, जे मन लाग्यो त्यो बोल्यो तर त्यसलाई पूरा नगर्ने गरेकाले अहिले कार्यकर्ता माझ पार्टी कमजोर भएको बताएका हुन् ।
‘पार्टीका जिम्मेवार पदमा बस्नेहरूले नै अहिले पार्टी सकिएको सार्वजनिक अभिव्यक्ति दिँदै आउनु भएकोले पनि पार्टीलाई कमजोरबनाइरहेको छ, उनले भने,जनतालाई सपना देखाएर पूरा नगर्ने जिम्मेवार पदमा बसेका चटके नेताहरूका कारण पार्टी पङ्क्ति नै बदनाम भइरहेको छ ।’
मुख्यमन्त्री कार्कीले पार्टीलाई कमजोर बनाउने नेताहरूले दिँदै आएको अभिव्यक्ति जस्तो तल्लो तहमा अवस्था नभएको सबैलाई बुझ्न जरुरी रहेको बताएका हुन् । ‘जिम्मेवार नेताहरूको चटकले आजित भएका जनताको सपना कोशी प्रदेश सरकारले पूरा गर्ने प्रक्रिया सुरु गरिसक्यो ।’
क्रमभंग गरेर बनेको प्रदेश सरकारलाई जनताको सरकार भएको अनुभूति गराउने मुख्यमन्त्री कार्कीले प्रतिबद्धता जनाएका हुन् । ‘मानवीय विकासबाट कोशी प्रदेश सरकारले काम सुरु गरेको छ, उनले भने, झमान्छे नै बाँचेन भने सडक कसका लागि बनाउने त्यसैले २५ लाखमुनिका योजना कटाएर १० वर्षमुनिका बालबालिकालाई निःशुल्क उपचार प्रदेश सरकारले सुरु गरेको छ ।’
आफ्ना छोराछोरीको वास्ता नगरी समुदायभरिका बच्चा जन्माउन र खोप लगाउन खटिने महिला स्वास्थ्य स्वयंसेविकाको सम्मानका साथै नगद प्रदान गर्न बजेट ल्याएको उनले बताए ।
‘प्रदेश सरकारले सुशासन र गुणस्तरीय काममा कुने सम्झौता गर्दैन, प्रदेश सरकारलाई जनताको सरकार बनाउँछु, उनले भने, जिम्मेवार पदमा बसेका नेताहरूले लाइक कमेन्टका लागि मात्रै नबोल्दिनुस्, संघीय सरकारले वर्षाैंदेखि निर्माण गरिरहेको कटारी–घुर्मी सडक जनताको दुःख सम्झेर बनाइदिन दुवै हात जोड्छु ।’
पूर्व–पश्चिम मध्यपहाडी लोकमार्ग र तराई मधेस र हिमाल जोड्ने कटारीमा प्रदेशस्तरीय अस्पताल प्रदेश सरकारले निर्माण गर्ने मुख्यमन्त्री कार्कीले बताएका छन् । समस्यामा परेका जोसुकै प्रदेशवासीको साथमा प्रदेश सरकार उभिने उनले प्रतिबद्धता जनाए ।
उदयपुर २ (ख) बाट निर्वाचित प्रदेश सांसद रामकुमार खत्रीले नेतृत्व तहको नेता सुध्रिन आवश्यक भएको बताएका छन् । उनले नेतृत्व तहका नेता इमानदार भइदिए यश क्षेत्रमा ५ हजार जनालाई पार्टी प्रवेश गराएर पार्टीमा ऊर्जा भर्ने प्रतिबद्धता जनाए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०७ पुस २०८०, १३ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सशस्त्र प्रहरीको शान्ति सुरक्षामा महत्त्वपूर्ण योगदान छ : मुख्यमन्त्री कार्की
कोशी प्रदेश सभाको अधिवेशन माघ पहिलो साता
आगामी वैशाखमा लगानी सम्मेलन गर्दै कोशी प्रदेश
कोशी प्रदेशले संकटग्रस्त सहकारीको व्यवस्थापन गर्न समिति गठन गर्ने
ध्यान योगलाई विद्यालयस्तरसम्म जोड्नुपर्छ : मुख्यमन्त्री कार्की
कांग्रेसको कोशी सम्मेलन सुरु