काठमाडौं । नेकपा एमाले त्यागेर राप्रपा नेपाल प्रवेश गरेका पूर्वसांसद गोविन्दविक्रम शाह राप्रपा नेपालका उपाध्यक्ष बनेका छन्।
जाजरकोटका शाहलाई अध्यक्ष कमल थापाले आज पार्टीको विधान बमोजिम पार्टी उपाध्यक्ष पदमा मनोनित गरेका हुन्। शाह गत पुस ३ गते राप्रपा नेपाल प्रवेश गरेका थिए । शाहको मनोनयनले पार्टी संगठन सुदृढीकरणमा महत्त्वपूर्ण भूमिका खेल्ने थापाले दाबी गरेका छन् ।
यही मंगलबार राप्रपा नेपाल प्रवेश गरेका शाह जाजरकोटबाट निर्वाचित पूर्वसांसद र तत्कालीन जिविस सभापति हुन्। उनी एमालेमा हुँदै ती दुवै पदमा पुगेका थिए। बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति आवश्यक रहेको भन्दै शाह राप्रपा नेपालमा प्रवेश गरेका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०६ पुस २०८०, १३ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले महासचिव र रुसी कुटनैतिक अधिकारीबीच भेट
अध्यादेशबारे विपक्षीले अनावश्यक भ्रम सिर्जना गरे : एमाले
पाँच जना नेता एमालेबाट निष्कासित
यस्तो छ एमाले सचेतक बरालले संसदमा दर्ता गराएको जरुरी सार्वजनिक महत्वको प्रस्ताव (पूर्णपाठ)
एमाले संसदीय दलको बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा
एमाले विधान महाधिवेशन : ७० वर्षे उमेर हद वैधानिक रूपमै हट्ने