काठमाडौँ । वैदेशिक रोजगार विभाग दुई सातादेखि महानिर्देशिकविहीन बनेको छ । मदन दाहालको गत मङ्सिर २२ मा श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा सरुवा गरिएको थियो ।
उनको सरुवा भएदेखि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले हालसम्म अर्को महानिर्देशन पठाउन सकेको छैन । महानिर्देशक नहुँदा विभागको दैनिक प्रशासनिक कार्यका साथै ठगी तथा वैदेशिक रोजगारीका उजुरीबारे काम हुन सकेको छैन ।
सेवाग्राहीहरूले महानिर्देशकबाट गर्नुपर्ने निर्णयका लागि सास्ती खेप्दै आएका छन् । मन्त्रालयले हालसम्म कसलाई महानिर्देशक बनाएर पठाउने भन्नेमा टुंंगो लगाउन सकेको छैन । मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले अहिलेसम्म कसलाई पठाउने भन्नेबारे निर्णय नभएको बताए ।
‘मन्त्रीज्यू अहिले बिरामी हुनुहुन्छ । उहाँले कसलाई पठाउनुहुन्छ । त्यो हामीलाई जानकारी हुने कुरा भएन । चाँडै पठाउनुहुन्छ होला’ घिमिरेले भने ।मन्त्री र महानिर्देशकबिच मतभेद सुरु भएपछि मन्त्री शरतसिंह भण्डारीले दाहालको सरुवा गरेका थिए । पछिल्लो समय विभागले गर्दै आएका निर्णयहरूमा मन्त्री भण्डारीले हस्तक्षेप गर्दै आएका छन्।
विभागले वैदेशिक रोजगारीमा हुने ठगीबारे निर्णय गर्दा मन्त्री भण्डारीले कारबाही फुकुवा गर्दै आएका थिए । जसले गर्दा मन्त्री र महानिर्देशकबीच मतभेद सुरु भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०५ पुस २०८०, १२ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दशैंको बेला नयाँ श्रम स्वीकृति दिन बन्द हुने
वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दुःख नदिन विभागको चेतावनी
वैदेशिक रोजगार विभाग प्रवेशमा कडाइ
सरकारले म्यानपावर व्यवसायीसँग माग्यो ‘फ्री भिसा फ्री टिकट’ मा कामदार पठाएको विवरण