काठमाडौँ । काठमाडौँ महानगरपालिकामा सुर्तीजन्य पदार्थहरूको बिक्री वितरणमा निषेध गरिएको छ ।
महानगरले यसअघि नै जारी गरेको सूचनाअनुसार आजदेखि प्लास्टिकमा प्याकेजिङ्ग गरिएका खैनी, गुट्खा, पान पराग वा यस्तै प्रकृतिका मुखमा राख्ने रस लिने वा सेवन गर्ने सुर्तीजन्य पदार्थहरूको बिक्री वितरणमा पूर्ण रूपमा प्रतिबन्ध भएको छ ।
सुर्ती सेवनको निमित्त बनाइएको वा उत्पादन गरिएको चुरोट, बिडी, सिगार, तमाखु, सुल्फा, प्लास्टिकमा प्याक गरिएका कच्चा सुर्ती, खैनी, गुट्खा, पान पराग वा यस्तै प्रकृतिका मुखमा राख्ने रस लिने सुर्तीजन्य पदार्थको सेवन मानव स्वास्थ्यको लागि अत्यन्त हानिकारक भएको महानगरको भनाई छ ।
सूचनालाई अवज्ञा गरी बिक्री वितरण गरेको पाइएमा महानगर प्रहरी मार्फत जफत गरी बिक्री वितरण गर्ने व्यवसायीलाई कानुन अनुसार अधिकतम सजाय गरिने चेतावनीसमेत महानगरले दिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २७ मंसिर २०८०, ०७ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भन्सार छलीका सुर्ती र बिडी बरामद
'सुर्ती सेवनबाट दैनिक ७३ जनाको मृत्यु'
३४ प्रतिशतले गर्छन् सुर्तीजन्य पदार्थको प्रयोग