काठमाडौँ । मुख्यसचिव डा.वैकुण्ठ अर्यालले दिगो विकासको लक्ष्य हासिल गर्न भ्रष्टाचार नियन्त्रण अपरिहार्य रहेको बताएका छन् । शनिवार भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसलाइ सम्बोधन गर्दै मुख्यसचिव अर्यालले दिगो विकासको लक्ष्य भेट्नका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य रहेको बताएका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा शनिवार भएको भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यसचिव अर्यालले भ्रष्टाचार नियन्त्रणबाट नै दिगो विकासको लक्ष्य भेट्टाउन सकिने बताएका हुन् । भ्रष्टाचार नियन्त्रण गर्न सकिए उक्त रकम विकासका कार्यक्रममा खर्च सकिने भएकाले त्यसले दिगो विकासको लक्ष्य भेट्टाउन सकिने बताएका हुन् ।
भ्रष्टाचार र अनियमितताकै कारण आयोजना कार्यान्वयन र निर्माणमा ढिलाइ हुने गरेको र त्यसले समाजमा नकारात्मक धारणा बन्दै गएको पनि अर्यालले बताए । पैसा र समयको भ्रष्टाचारले पनि देश विकासमा समेत पछाडि परेको भन्दै यस्ता भ्रष्टाचार नियन्त्रण गर्न सबैको महत्त्वपूर्ण भूमिका हुने बताएका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २३ मंसिर २०८०, १५ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुरक्षा व्यवस्थाबारे उच्चस्तरीय ब्रिफिङ लिँदै मुख्यसचिव अर्याल
अख्तियारले मुख्यसचिव अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्ने