काठमाडौँ। शिवम् सिमेन्ट लिमिटेडले मकवानपुरको लक्ष्मी आधारभूत विद्यालयलाई स्कूल बस प्रदान गरेको छ ।हेटौँडा–१७ हटियास्थित विद्यालयलाई स्कूल बस तथा भरतपुर–१५ मंगलपुर चितवनको विश्वप्रकाश माध्यमिक विद्यालयका विद्यार्थीहरूका लागि स्कूल ब्याग प्रदान गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत दुई विद्यालयलाई स्कूल बस र स्कूल ब्याग वितरण गरेको हो ।उद्योग तथा खानी क्षेत्रका विद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरूलाई विगतका वर्षहरूमा पनि विभिन्न शैक्षिक सामग्री, छात्रवृत्ति कोष स्थापना तथा न्यानो कपडा वितरण गरिएको कम्पनीले जनाएको छ ।
सन् २००९ मा स्थापित उद्योगले अत्याधुनिक जर्मन प्रविधिमार्फत आफ्नै चुनढुङ्गाको प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र शिवम् सिमेन्ट तथा शिवम् प्लस सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १७ मंसिर २०८०, १४ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शिवम् सिमेन्ट ‘कर्पोरेट एक्सिलेन्स अवार्ड’बाट सम्मानित