चितवन । भरतपुर महानगरपालिका–१२ मिलनचोकमा मृत भेटिएका दुई व्यक्तिको शवको अझै पहिचान हुन सकेको छैन । यही मङ्सिर ६ गते बुधबार दिनको १२ बजे मिलनचोकस्थित पूर्व–पश्चिम लोकमार्ग सडक खण्डको कल्भर्टमुनि शङ्कास्पद रुपमा एक महिला र एक पुरुषको शव भेटिएको थियो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार ७७ वटै जिल्लालगायत सीमावर्ती भारतीय जिल्लामासमेत हुलिया परिपत्र गर्दा मृतकको सनाखत हुन नसकेको हो ।
सनाखत हुननसकेका शव कल्भटमुनि दुईवटा बोरामा हातखुट्टा बाँधिएको अवस्थामा भेटिएको थियो । शव पोस्टमाटमका लागि भरतपुर अस्पतालमा राखिएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, १० मंसिर २०८०, १४ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कालीमाटी सडकमा एकाबिहानै पुरुषको शव भेटिएपछि
रुपन्देहीमा परालले छोपिएको अवस्थामा भेटियो महिलाको शव
४ इजरायली बन्धकको शव फिर्ता गर्दै हमास, इजरायलकै हमलामा मारिएको जिकिर
नग्न अवस्थामा महिलाको शव फेला
विमान र सैन्य हेलिकप्टर खसेको नदीबाट ४० शव निकालियो
मदन भण्डारी राजमार्गमा पुरुषको शव फेला