रणवीर कपूरले मेनुकाको पाउ छुँदै ​गरे गायकीको प्रशंसा

सफल खबर संवाददाता

शुक्रबार, ०८ मंसिर २०८०, १५ : २४
रणवीर कपूरले मेनुकाको पाउ छुँदै ​गरे गायकीको प्रशंसा

काठमाडौं। बलिउड अभिनेता रणवीर कपूरले नेपाली गायिका मेनुका पौडेलको पाउ छोएका छन् ।भारतमा जारी इन्डियन आइडलको पछिल्लो एपिसोडमा रणवीरले मेनुकालाई ‘संगीतकी देवी’ भनेर प्रशंसा गर्दै पाउ छोएको भिडियोमा देख्न सकिन्छ ।

चलचित्र ‘एनिमल’ प्रचारका लागि रणवीर अभिनेत्री रश्मिका मन्दानाका साथ इण्डियन आइडलमा पुगेका थिए । मेनुकाले ‘अगर तुम साथ हो’ भन्ने गीत गाएकी थिइन् ।

 

 

रणवीरले आफ्नो नाम बताउँदै मेनुकाको गायकीको प्रशंसा गरेका हुन् । उनले आर्शीवाद लिन चाहेको भन्दै निहुरिएर उनको पाउ छोएको विषयको अहिले चर्चा भइरहेको छ। मेनुकाले यतिबेला इन्डियन आइडलमा धमका मच्याइरहेकी छन् ।उनले धमकेदार प्रस्तुति दिँदै जजहरूको मन जित्दै आएकी छन् । 

 

 

प्रतिक्रिया दिनुहोस