निर्माणाधीन गौतम बुद्ध रंगशालामा महानगरद्वारा सरसफाइ सुरु,मेयर दाहालले गरिन सुरूवात

सफल खबर संवाददाता

शुक्रबार, ०८ मंसिर २०८०, १५ : ०८
निर्माणाधीन गौतम बुद्ध रंगशालामा महानगरद्वारा सरसफाइ सुरु,मेयर दाहालले गरिन सुरूवात

चितवन। भरतपुरमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रय क्रिकेट रंगशालाको झाडी फाड्ने काम आजदेखि सुरू भएको छ । भरतपुर महानगरपालिकाको आयोजनामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, सामाजिक संघसंस्थाका अभियन्ताहरु लगायतको सक्रियतामा रंगशाला सरसफाइ थालिएको हो ।

कार्यक्रमको भरतपुर महानगर प्रमुख रेनु दाहालले मेसिनमार्फत झाडी फडानी सुरू गरेर सरसफाइ कार्यक्रमको सुरूवात गरेकी छन्। रंगशालामा खेल्न मिल्ने गरी मर्मत तथा निर्माणका लागि महानगर र बागमती प्रदेशबीच सहमति भएको छ ।

पहिलो चरणमा करिब ७५ करोडको काम हुँदैछ । जसमा महानगरको ३० प्रतिशत र प्रदेशको ७० प्रतिशत लगानी हुनेछ ।

प्रतिक्रिया दिनुहोस