करण जोहरको नयाँ फिल्ममा कार्तिक आर्यन

सफल खबर संवाददाता

विहीबार, ०७ मंसिर २०८०, १६ : ४४
करण जोहरको नयाँ फिल्ममा कार्तिक आर्यन

काठामडौं ।  बलिउडका चर्चित फिल्ममेकर करण जोहरले कार्तिक आर्यनलाई लिएर फिल्म बनाउन लागेका छन्। कार्तिक आर्यनले आज आफ्नो जन्मदिन मनाउँदै छन्। यो विशेष दिनमा, करण जोहरको धर्मा प्रोडक्सनले कार्तिक आर्यनसँग नयाँ प्रोजेक्टको घोषणा गरेका हुन्। 

कार्तिक आर्यन अभिनित र सन्दीप मोदीको निर्देशनमा बन्न लागेको यो चलचित्रको नाम भने तय भइसकेको छैन। फिल्म १५ अगस्ट २०२५ मा रिलिज हुनेछ। कार्तिक आर्यनले पनि यो फिल्मको बारेमा पोस्ट सेयर गरेका छन्।

उनले भने, ‘वीरता र बलिदानले भरिएको हाम्रो गौरवशाली भारतीय इतिहासको अविस्मरणीय अध्याय अब मेरो जीवनको एउटा हिस्सा बन्न लागेको छ। यो विषय मेरो हृदय नजिक छ। म अत्यन्त प्रतिभाशाली सन्दीप र करण जोहर र एकता कपूरसँग नयाँ यात्रा सुरु गर्न पाउँदा उत्साहित गर्छु।’

धर्मा प्रोडक्सन र बालाजी टेलिफिल्म्स लिमिटेडको ब्यानरमा बनेको यो फिल्मलाई नायक यश जोहर, करण जोहर, अपूर्व मेहता, शोभा कपुर, एकता आर कपुरले निर्माण गरेका हुन्।

प्रतिक्रिया दिनुहोस