एजेन्सी । मध्य गाजाको अल-बुरेइज शिविरमा रहेको प्यालेस्टाइन शरणार्थीहरूका लागि युएन रिलिफ एण्ड वर्क्स एजेन्सीको एक विद्यालयमा इजरेली आक्रमणमा कम्तीमा १२ प्यालेस्टाइनीको मृत्यु भएको छ । सो आक्रमणमा दर्जनौं घाइते भएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले सोमबार जानकारी गराएको छ ।
"इजरेली तोपखानाले हजारौं विस्थापित मानिसहरू बस्ने विद्यालयमा आक्रमण गरेर महिला र बालबालिका सहित १२ प्यालेस्टिनीहरूलाई मारेको मन्त्रालयले जनाएको छ।
विद्यालयमा संयुक्त राष्ट्रसंघको फहराइएको भए पनि इजरेली सेनाले गाजाका विभिन्न यस्ता विद्यालयमा आक्रमण गरेको सञ्चार माध्यमले जनाएका छन् ।
"हालको हमास-इजरेल द्वन्द्व शुरु भएदेखि ७० भन्दा बढी यस किसिमका संस्थाहरू र विद्यालयहरू इजरेली आक्रमणमा परेका छन् ।
एजेन्सीका १०४ कर्मचारीको मृत्यु भएको छ यो सङ्ख्या इतिहासमै सबैभन्दा ठूलो संख्या हो ।
द्वन्द्वले विस्थापित १७ लाख व्यक्तिहरू मध्ये राष्ट्रसंघद्वारा सञ्चालित आश्रयहरूमा विस्थापित व्यक्तिहरूको संख्या ९ लाख पुगेको छ भने, लाखौं सडकमा आश्रयविहीन छन्।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, ०५ मंसिर २०८०, १० : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सीमावर्ती क्षेत्रमा पढ्न भारतीय विद्यालयकै भर
सामुदायिक र निजी विद्यालयको ‘मितेरी’ सम्बन्ध
चिसोका कारण इटहरीमा विद्यालय बन्द
गौरका सामुदायिक विद्यालयहरू थप ३ दिन बन्द
देशभरका आधाभन्दा बढी सामुदायिक विद्यालयको अवस्था हरिबिजोग
जाडो बढेसँगै सोलुखुम्बुका ९३ सामुदायिक विद्यालय बन्द