काठमाडौंँ । ७२ औं मिस युनिभर्सको उपाधि दक्षिण अमेरिकी मुलुक निकारागुआकी सेनिस पलासियोसले जितेकी छन् । २३ वर्षिया पलासियोस पेशाले टेलिभिजन होस्ट समेत हुन् । आमसञ्चारमा स्नातक उत्तिर्ण गरेकी छन् ।
निकारागुआका लागि मिस युनिभर्स टाइटल हात परेको यो पहिलो हो । प्रतियोगीतामा थाइल्याण्डकी एन्टोनिया पोर्सिल्ड फस्ट रनर–अप र अष्ट्रेलियाकी मोरया विल्सन सेकेण्ड रनरअप घोषित भए ।
एल–साल्भाडोरमा आयोजित फिनालेमा ९० भन्दा बढी मुलुकका सुन्दरीहरुको प्रतिस्पर्धा रहेको थियो । प्रतियोगीतामा नेपाली सहभागी दीपिका गारेट अन्तिम २० सम्म पुगन सफल भएकी छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०३ मंसिर २०८०, १२ : १६
लेखकबाट थप