काठमाडौँ । अभिनेत्री स्वस्तिमा खड्काले प्रदर्शकले फिल्म ‘दिमाग खराब’ लाई हल नदिनु दादागिरी भएको बताएकी छन् । उनले सामाजिक सञ्जालमा पोस्ट गर्दै यस्तो धारणा राखेकी हुन् ।
भक्तपुरस्थित क्युएफएक्समा आज बिहानको ‘दिमाग खराब’ र ‘टाइगर ३’ को बुकिङ स्क्रिन सट समेत पोस्ट गर्दै लेखेकी छन्, ‘भक्तपुरस्थित क्युएफएक्समा आज ‘दिमाग खराब’ र ‘टाइगर ३’ को बुकिङ अवस्था यस्तो छ । ‘टाइगर ३’ को बुकिङ घट्दै जाँदा पनि जबरजस्ती शो सङ्ख्या बढाइएको छ ।
बुकिङ रातै हुँदा पनि ‘दिमाग खराब’ लाई शो नदिएर हेपिएको छ । यो दादागिरी हो ।’उनले आफूहरूको लडाई ‘टाइगर ३’ सँग नभएर उसलाई राजा बनाएर अरूलाई दास बनाउनेहरूसँग भएको समेत बताएकी छन् ।
बुधवार फिल्मका निर्देशक निश्चल बस्नेत तथा निर्माता रौनक विक्रम कँडेलले एक विज्ञप्ति जारी गर्दै फिल्मको राम्रो व्यवसाय हुँदा हुँदै पनि हलवालले शो का लागि अन्याय गरेको भन्दै न्याय नभए शुक्रवारबाट फिल्म हलबाट उतार्ने घोषणा गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३० कार्तिक २०८०, १३ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एनपीएलमा सानदार प्रदर्शन गरेका विपिनलाई स्वस्तिमाले दिइन् आइफोन उपहार
मेघौलीमा स्वस्तिमाको ‘बेहुली फ्रम मेघौली’को सुटिङ हुने