काठमाडौँ । तिहारको अवसर पारेर बजारमा तिहार गीत भित्रिने क्रम बढ्दो छ । यस्तैमा गायक आशिष रायमाझीको तिहार गीत ‘झिलीमिली’ सार्वजनिक भएको छ ।गीतमा गायक रायमाझीलाई पवित्रा गुरुङ र गायिका नितु पुनले साथ दिएका छन् । गीतमा गायक रायमाझीकै शब्द, संगीत र संगीत संयोजन छ ।
गीतको भिडियो पनि बनेको छ । जसमा गायक रायमाझी, पवित्रा गुरुङ, नितु पुन, प्रजिना गुरुङ लगायतको अभिनय देख्न सकिन्छ ।भिडियोमा सनम तामाङको छायाँकन, अर्जुन खड्काको सम्पादन छ । भिडियोको निर्देशन विजय मगरले गरेका हुन् ।
गायक रायमाझी ‘द भ्वाइस अफ नेपाल’ सिजन ४ मा टप १० मा पर्न सफल प्रतियोगी हुन् । यसअघि उनले ‘सपनीमा’, ‘मोहनी’, लगायत गीत ल्याएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २६ कार्तिक २०८०, १० : ५०
लेखकबाट थप