काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अहिले एमालेमाथि चौतर्फी ढङ्गले हमला भइरहेको बताएका छन् । शनिबार पार्टीको रसुवा-काठमाडौँ सम्पर्क मञ्चको देउसी भैलो तथा बृहत् साँस्कृतिक कार्यक्रममा बोल्दै उनले चौतर्फी हमला भइरहे पनि एमाले एक्लै पहिलो शक्ति बन्न सकेको दाबी गरे ।
उनले भने, ‘अहिले चौतर्फी ढङ्गले एमालेमाथि हमला गरिँदै छ । त्यसको बाबजुद पनि एमाले एक्लै पहिलो शक्ति बन्न सकेको छ । एमालेलाई पराजित गर्न जुन ढङ्गले हमला गरिँदै छ गत निर्वाचनमा त्यसलाई पराजित गर्दै लोकप्रिय मत प्राप्त गर्ने पार्टी बन्यो ।’
उनले अहिले नयाँ र पुरानो पार्टी भन्ने फेसन चलेको भन्दै एमाले पुरानो पार्टी नभई पार्टी गतिमा चलेको, गौरवपूर्ण इतिहास बोकेको, भोलिको मार्गचित्र बनाउने सङ्गठनात्मक संरचना र ठोस नीति बोकेको पार्टी भएको तर्क गरे । पुरानो पार्टी भनेर आरोप लगाउनेलाई उनले आफूहरूको गौरवपूर्ण इतिहास छ कि छैन भन्दै प्रश्न गरे ।
उनले भने, ‘अहिले एउटा फेसन चलेको छ पुरानो पार्टी भन्ने । एमाले पुरानो पार्टी होइन, गतिमा चलेको गौरवपूर्ण इतिहास बोकेको, भोलिको मार्गचित्र बनाउने सङ्गठनात्मक संरचना र ठोस नीति बोकेको पार्टी हो । हामीलाई आरोप लगाउनेसँग सोध्न सक्छौँ- तिम्रो गौरवपूर्ण इतिहास छ कि छैन ?’
उनले एमाले मजबुत सुदृढ नहुने हो भने राष्ट्रिय शक्ति कमजोर भई देशको अस्तित्व खतरामा पर्ने दाबी गरे । यसैगरी, चाडपर्वको रमाइलो गरिरहँदा यसका धार्मिक, सांस्कृतिक प्रसङ्ग सँगसँगै सामाजिक सद्भाव अभिवृद्धि गर्ने मूल मर्ममा सबैको ध्यान जान आवश्यक रहेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २५ कार्तिक २०८०, १९ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तथ्य र प्रमाणको आधारमा छिमेकीसँग आई टु आई कुरा गर्छौँं: ईश्वर पोखरेल
वरिष्ठ उपाध्यक्ष पोखरेललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी
चीन र नेपालको सम्बन्ध जनस्तरमा विस्तार आवश्यक : ईश्वर पोखरेल
समान विकासका लागि विश्वका सभ्यताको आदान-प्रदान आवश्यक : ईश्वर पोखरेल
संविधान संशोधन सबैको सहमतिमा हुन्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
भ्रष्टाचार र आर्थिक अनियमिततामा संलग्न जोकोहीलाई कारवाही हुनुपर्छ : ईश्वर पोखरेल