काठमाडौ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई कैद मिनाहा गर्ने राष्ट्रपतिको निर्णयविरुद्धको रिट पेसीमै नराखी स्थगित गरिएको छ।
सर्वोच्च अदालत प्रशासनले नियमित दैनिक पेसी सूची प्रकाशित गर्दा चौधरीविरुद्धको रिटको सुनुवाइ स्थगित मुद्दाको सूचीमा राखेको हो।
पाँच महिनापछि साप्ताहिक पेसी सूचीमा चढेर यो रिटको सुनुवाइ यस पटक पनि पर धकेलिएको छ।
सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसका अवसरमा बाँकी सजाय माफी मिनाहा गरेपछि चौधरी गत जेठ १५ गते छुटेका थिए।
चौधरी रिहा भएलगत्तै कैलालीको टीकापुर घटनामा मारिएका तत्कालीन इन्स्पेक्टर केशव बोहराकी श्रीमती शारदा कठायतले सर्वोच्च अदालतमा रिट दर्ता गराएकी थिइन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २३ कार्तिक २०८०, १० : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय मुक्ति क्रान्तिमा प्रवेश गरेका नेता हाम्रो पार्टीका होइनन् : रेशम चौधरी
लुम्बिनी र सुदुरपश्चिममा समर्थन फिर्ता लिन्छौं : रेशम चौधरी