काठमाडौँ । कृषि क्षेत्रमा बीमा भएका बाली तथा पशुको साढे एक अर्ब रकम भुक्तानी हुन सकेको छैन । कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको कृषि कर्जा बिमा तथा विपद् व्यवस्थापन शाखाका अनुसार दाबी गरिएको बाली तथा पशु बीमा रकमको प्रमाणित हुन नसक्दा एक अर्ब ६५ करोड रुपैयाँ भुक्तानी हुन नसकेको हो ।
कृषि बीमा तर्फ २० करोड रुपैयाँ र पशुपन्छी बीमा तर्फ १ अर्ब ४४ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको शाखाका अधिकृत अशिष श्रेष्ठले बताए । ‘कृषि बीमा भुक्तानीका लागि भौतिक प्रणाली मार्फत धेरै समय लाग्ने हुँदा यसलाई अनलाइन प्रणालीमा लैजाँदै छौं,’ उनले भने ‘ अनलाइन प्रणालीका लागि सफ्टवेयर बन्दै छ ।’
उनका अनुसार स्थानीय तहबाट बीमा भुक्तानी दाबी भएको रकमको कम्पनीबाट प्रमाणित हुन नसकेकाले रकम भुक्तानी हुन सकेको छैन ।कृषि बीमाको भुक्तानी रकम गत वर्षको माघदेखि नै बाँकी छ । पशु बीमातर्फ भदौदेखिको रकम बाँकी रहेको श्रेष्ठले बताए ।
कृषि बीमामा फलफूल, तरकारी, अन्न बाली, मौरी, चिया, कफी लगायत बालीको बीमा हुन्छ । यस्तै, पशुपन्छी बीमा अन्तर्गत बाख्रा, अष्ट्रिच, कालिज, माछा लगायतको बीमा गरिन्छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १७ कार्तिक २०८०, १५ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कृषि बीमामा किसानको आकर्षण बढेन