काठमाडौँ । नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले प्यालेष्टाइनको हमासको नियन्त्रणमा रहेका विपिन जोशीको उद्धारको पहलका लागि सरकारलाई आग्रह गरेका छन्। बिहीबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद शर्माले नेपाली विद्यार्थी विपिन जोशी हमासको नियन्त्रणमा रहेको पुष्टि भएको बताउँदै उद्धारका लागि आग्रह गरेका हुन् ।
उनले भने– ‘कतार सरकारमार्फत कुरा गरेर उनलाई उद्धार गर्न सकिने कुरा औँल्याइएका छन् । यो प्रक्रियामा गम्भीर पहलकदमी गर्न सभामुखमार्फत म सम्माननीय प्रधानमन्त्री र माननीय परराष्ट्रमन्त्रीको गम्भीर ध्यानाकर्षण गराउँदछु ।
यस्तै कोभिडका कारण बन्द भएका वीरगन्ज, नेपालगन्ज लगायतका नाका खुला भइसकेको बताउँदै उनले झापाको काँकडभिट्टा नाका नखुलेका कारण पर्यटक आवागमनमा बाधा रहेको बताए । होटेल, व्यवसाय, पर्यटन क्षेत्रमा असर परेको बताउँदै उनले भारत सरकारसँग कुरा गरेर नाका खुलाउन उनले आग्रह गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १६ कार्तिक २०८०, ११ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अनौपचारिक क्षेत्रका श्रमिकलाई पनि सामाजिक सुरक्षाको दायरामा ल्याउनुपर्छ : विश्वप्रकाश शर्मा
महामन्त्री शर्माको प्रस्ताव : बुढीगण्डकी जलविद्युत आयोजना नेपालीहरूको लगानीमा बनाऔँ
रसियन सेनामा रहेका नेपालीको अविलम्ब उद्धार गर्न विश्वप्रकाश शर्माको माग