काठमाडौं। नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमाको अवसर पारेर पार्टी केन्द्रीय कार्यालय सानेपामा गरिरहेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उपस्थित भएका छन् ।प्रचण्डसँगै नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल पनि सहभागी भएका छन् ।
चियापानमा नेकपा (एमाले)का अध्यक्ष तथा केपी शर्मा ओली यसअघि नै उपस्थित भइसकेका छन् ।प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका ओलीसँगै एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेललगायत समेत चियापानमा सहभागी भएका छन् ।
शनिवार दिउँसो साढे १ बजेतिर शुरू भएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम अपरान्ह ५ बजेसम्म सञ्चालन हुनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ११ कार्तिक २०८०, १५ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आन्दोलनरत शिक्षकलाई विद्यालय फर्काउने वातावरण बनाउन महामन्त्रीद्वयलाई देउवाको निर्देशन
ओली नेतृत्वको सरकारले गति बढाउनुपर्ने काँग्रेसको निष्कर्ष
कांग्रेसको महिला संघमा भाँडभैलौ, २० जनाले दिए राजीनामा
अधिवेशन गर्न नसकेका भ्रातृ संस्थाहरू भंग गर्ने काँग्रेसको तयारी
कुनै पनि दलको बहुमत आउन गाह्रो छ : देउवा
उत्तरप्रदेशका मुख्यमन्त्री दूतावास गएका होइनन् : देउवा