एजेन्सी । अमेरिकाको मेन राज्यस्थित ल्युस्टन सहरमा एक अज्ञात बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ।
सो घटनामा परी अन्य ५० जना घाइते भएको अमेरिकी सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्। बीबीसीका अनुसार ती बन्दुकधारीको प्रहरीले खोजी गरिरहेको छ। यद्यपि अहिलेसम्म प्रहरीले फेला पार्न भने सकेको छैन।
प्रहरीले सर्वसाधारणलाई आफू रहेकै ठाउँमा सतर्क भएर बस्न समेत आग्रह गरेको छ। उक्त गोली चलेपछि घटनाको अनुन्धान भइरहेको जानकारी गराउँदै प्रहरीले संदिग्धको तस्बिर पनि जारी गरेको बताएको छ।
सो घटनाबारे राष्ट्रपति जो बाइडेनलाई पनि जानकारी गराइएको बीबीसीले बताएको छ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, ०९ कार्तिक २०८०, ०९ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पोखरामा श्रीमतीको हत्या गरेर बरालले गरे आत्महत्या
श्रीमतीको हत्यामा संलग्न श्रीमान् पक्राउ
दिल्लीमा युवतीको गोली हानी हत्या
देवरद्वारा भाउजूको हत्या
ललितपुरमा खुकुरी प्रहार गरेर युवकको हत्या
निलबाराही जङ्गलमा मृत फेला परेका राईको हत्या भएको खुलासा