काठमाडौँ । काठमाडौँमा जारी त्रिदेशीय शृङ्खलामा नेपालले सोमबार यूएईको सामना गर्दैछ । मूलपानी क्रिकेट मैदानमा जारी खेलमा सोमपाल कामीले यूएईको पहिलो विकेट लिन सफल भएका छन् । पहिलो ओभरको छैटौँ बलमा उनले १२ रन बनाएका खालिद साहलाई आफ्नो शिकार बनाएका हुन् ।
आजको खेलमा नेपालले टस जितेर पहिलो बलिङ गर्ने निर्णय गरेको छ । हङकङसमेत सहभागी यस शृङ्खलामा नेपालले तीन खेलमा अपराजित रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०६ कार्तिक २०८०, ११ : ४०
लेखकबाट थप