काठमाडौं । इजरायलमा हमासको आक्रमणमा ज्यान गुमाएका चार नेपाली विद्यार्थीको शवमध्ये ३ जनाको शव काठमाडौं आइपुगेको छ।
गएराति १२ बजे नारायणप्रसाद न्यौपानेको शव आइपुगेकोे हो भने केही बेरअघि लोकेन्द्रसिंह धामी र दिपेशराज बिष्टकोे शव काठमाडौं आइपुगेको छ। आशिष चौधरीको शव भने दिउँसो १ बजे आइपुग्ने परराष्ट्रमन्त्री एनपी साउदका पे्रस संयोजक केशव साउदले जानकारी दिए।
तेलअबिबस्थित नेपाली दूतावासले हमासको आक्रमणमा परी निधन भएका नेपाली विद्यार्थीमध्ये कानुनी प्रक्रिया पूरा भएका चार शव फ्लाई दुबईको जहाजमार्फत् नेपाल पठाएको हो। शव नेपाली सेनाको हेलिकप्टरमार्फत कैलाली सदरमुकाम धनगढी लैजाने तयारी भएको बताइएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०५ कार्तिक २०८०, ०९ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बारामा बरामद शव प्रहरी भान्सेको भएको खुलासा
जनकपुरको दुर्गा मन्दिर परिसरमा पुरुषको शव फेला
मर्दी आरोहणमा बेपत्ता पर्यटक गाइडको शव भेटियो
त्रिशूली किनारमा युवतीको शव फेला
सर्लाहीको हरिपूर्वामा झुण्डिएको अवस्थामा युवकको शव फेला
धौलागिरीमा ज्यान गुमाएका ५ रुसी आरोहीको शव काठमाडौं ल्याइयो