काठमाडौं । नेपाल त्रिकोणात्मक टि२०आई सिरिजको फाइनलमा प्रवेश गरेको छ । शनिबार भएको खेलमा हङकङलाई ७९ रनले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको हो ।मुलपानी क्रिकेट मैदानमा नेपालले दिएको २१४ रनको विशाल लक्ष्य पछ्याएको हङकङ २० ओभरमा ८ विकेट गुमाउँदै १३८ रनमा समेटियो ।
हङकङका लागि अंशुमान रथले ४५ रन, एजाज खानले २५ रन, बाबर हयातले २० रन बनाउनुबाहेक अन्यले राम्रो प्रर्दशन गर्न सकेनन् ।नेपालका लागि करण केसी, सोमपाल कामी, ललित राजवंशीले समान दुई दुई विकेट लिए भने प्रतिश जीसी र दिपेन्द्र सिंह ऐरीको नाममा एक एक विकेट रह्यो ।यसअघि टस जितेर ब्याटिङ थालेको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै २१३ रन बनाएको थियाे ।
नेपालका लागि कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले विस्फोटक ब्याटिङ गरे । मल्लले ९२ रन र ऐरीले ५७ रनको योगदान गरे । ओपनर कुशल भुर्तेलले २ रन, आसिफ शेखले २० रन, सोपमाल कामीले ८ रन, कप्तान रोहित पौडेलले ११ रन बनाउँदा सन्दीप जोरा र गुल्सान झाले समान १/१ रन जोडे ।हङकङका लागि हारुन अरशद र मोहम्मद गजानफरले दुई/दुई विकेट लिँदा आयुष शुक्ला र एजाज खानले समान एक/एक विकेट लिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०४ कार्तिक २०८०, १४ : ३९
लेखकबाट थप