काठमाडौं। लियोनेल मेसीले दुई गोल गरेपछि अर्जेन्टिनाले दक्षिण अमेरिकी विश्वकप छनोटमा पेरुमाथि सहज जीत हात पारेको छ ।नेपाली समय अनुसार बुधबार बिहान पेरूकाे मैदानमा भएकाे खेलमा अर्जेन्टिनालाई जिताउन मेसीले ३२ र ४२ औ मिनेटमा गोल गरे ।
कतार विश्वकप २०२२ काे विजेता अर्जेन्टिनाको छनोटमा यो लगातार चौथो जित हो ।चार जितमा १२ अंक जोडेको अर्जेन्टिना पहिलो नम्बरमा छ । २२ वर्षपछि ब्राजिललाई २–० गोल अन्तरले पराजित गरेको उरुग्वे सात अंकसहित दोस्रो स्थानमा छ ।
ब्राजिल यस अघिको खेलमा भेनेजुएलासँग १–१ गोलको बराबरीमा रोकिएको थियो । चार खेलपछि ब्राजिल सात अंकसहित तेस्रो स्थानमा छ ।चिलीलाई ३–० गोल अन्तरले हराएको भेनेजुएलाको पनि ७ अंक नै भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०१ कार्तिक २०८०, १० : ४६
लेखकबाट थप