एजेन्सी । नर्वेलाई हराउँदै स्पेनले सन् २०२४ को युरोपियन च्याम्पियनसिपमा आफ्नो स्थान पक्का गरेको छ । योसँगै समूह एबाट स्कटल्याण्ड पनि प्रतियोगितामा छनोट बनेको हो ।
बार्सिलोनाका फरवार्ड गाभीले दोस्रो हाफको सुरुवातमा गरेको एक मात्र गोल निर्णायक बन्यो । २५ खेलमा १९ वर्षीय खेलाडीको यो देशका लागि पाँचौँ गोल थियो । सन् २००८ र २०१२ को युरोपियन च्याम्पियन टोलीले दुई खेल बाँकी छँदै प्रतियोगितामा स्थान बनाउन सफल रह्यो ।
अर्लिङ हालान्डको नर्वेले अब प्लेअफबाट मात्र प्रतियोगितामा स्थान बनाउने मौका पाउनेछ । नर्वे पछिल्लोपटक सन् २००० को युरोमा सहभागी भएको थियो ।
यसका लागि पनि नर्वे समूहको तेस्रो स्थानमा रहनुपर्नेछ भने समूह जीबाट सर्बिया छनोट हुनुपर्नेछ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, २९ असोज २०८०, ०८ : ०८
लेखकबाट थप