काठमाडौं।कोशीका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले भक्तपुरको बालकोट पुगेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बाल्कोट पुगेका छन् ।एमालेका ३९ सांसदको सहयोगमा मुख्यमन्त्री बनेपछि काठमाडौं आएका कार्की शनिबार साँझ बाल्कोट पुगेका हुन् ।
विराटनगरबाट आएलगत्तै उनले पहिले शेखर कोइरालालाई भेटेका थिए । त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेपछि ओलीलाई भेट्न बाल्कोट पुगेका हुन्।
‘दुई नेतालाई भेटेपछि उहाँ हाम्रो अध्यक्षलाई भेट्न शनिबार साँझ बालकोट आउनुभएको थियो,’ ओली निकट स्रोतले भन्यो, ‘अध्यक्षले मुख्यमन्त्री भएकोमा बधाई दिनुभयो । कोशीको परिवर्तित चाहनाअनुसार अगाडि बढ्न पनि आग्रह गर्नुभएको छ ।’
कार्की राजनीतिक विश्लेषक एवं डा. शेखर निकटका पुरञ्जन आचार्यसहित बालकोट पुगेका थिए । मुख्यमन्त्रीमा नियुक्त भएकै दिन काठमाडौं आएर भेट गरेका कार्कीले सरकार गठन कसरी गर्ने भन्ने विषयमा तिनै नेतासँग परामर्श गरेको नेताहरू बताए ।
कोशीमा एमालेका सबैर कांग्रेसका विद्रोही ८ नेताको हस्ताक्षरमा मुख्यमन्त्री बने पनि सरकार गठन कसरी गर्ने भन्ने अन्योल अझै हटिसकेको छैन ।तत्काल एमाले र कांग्रेस शेखर पक्षबाट एक-एक जनालाई मन्त्री बनाउने तयारी कार्कीले गरेका छन् । आजै दिउँसो कार्कीले मुख्यमन्त्रीको सपथ लिएर दु जनालाई मन्त्री बनाउने तयारी गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २८ असोज २०८०, ११ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नयाँ सरकार गठन आह्वानविरुद्ध सर्वोच्च जाँदै मुख्यमन्त्री केदार कार्की
मुख्यमन्त्री कार्कीले सोधे आफ्नै प्रतिस्पर्धीलाई पुन: स्पष्टीकरण
कोशीका प्रदेश प्रमुखलाई मुख्यमन्त्रीकाे पत्र
पहाडी क्षेत्रको विकासमा सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री कार्की
लुक्ला–विराटनगर माउन्टेन फ्लाइट छिट्टै सुरु हुन्छ : मुख्यमन्त्री कार्की
कारागारलाई सिकाइको केन्द्रका रुपमा लिनुपर्छ : मुख्यमन्त्री कार्की