काठमाडौं । न्यूजिल्याण्डका विपक्षी नेता क्रिस्टोफर लक्सनले आम निर्वाचन जितेका छन् । लेबर प्रधानमन्त्री क्रिस हपकिन्सले नेशनल पार्टीका नेता लक्सनलाई फोन गरेर आफ्नो हार स्वीकार गरेका छन् । साथै उनले आफ्ना समर्थकहरुलाई धन्यवाद दिँदै भनेका छन्, ‘चुनावी परिणाम यस्तो आयो, जुन हामीले चाहेका थिएनौं ।’
लक्सन २०२० मा पहिलो पटक संसदमा पुगेका थिए भने २०२१ मा नोभेम्बरमा विपक्षी नेता भए । यो निर्वाचनका क्रममा उनले मध्यम आय भएकाहरुको कर घटाउने र अपराधको नेक्सस तोड्ने वाचा गरेका थिए ।
उनको दलले चुनावबाट सबभन्दा ठूलो पार्टी भएको छ । १२१ सदस्यीय संसद भएको न्यूजिल्याण्डमा नेशनल पार्टीले ५० सिट जित्ने देखिएको न्यूजिल्याण्ड हेराल्डले जनाएको छ । यस्तो भएमा उसले अघिल्लो पटक भन्दा १७ सिट थप्नेछ ।
लेबर पार्टी भने ३१ सिट गुमाउने र ३४ सिटमा खुम्चिने देखिएको छ । ग्रिनले १३, न्युजिल्याण्ड फस्टले ८ र माओरी पार्टीले ४ सिट जित्ने देखिएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, २७ असोज २०८०, १६ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दक्षिण अफ्रिकाविरुद्ध न्यूजिल्याण्ड २८१ रनले विजयी
परराष्ट्रमन्त्री साउद अष्ट्रेलिया र न्यूजिल्याण्ड भ्रमणमा जाँदै