काठमाडौँ । एक दिवसीय विश्वकप क्रिकेटको ११ औँ खेलमा न्युजिल्यान्ड र बङ्गलादेश प्रतिस्पर्धा गर्दैछन्। चेन्नईको एमए चिदम्बरम स्टेडियममा न्युजिल्यान्डले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ।
न्युजिल्यान्डका कप्तान केन विलियमसनले यो खेलबाट ६ महिनापछि राष्ट्रिय टिममा पुनरागमन गरेका छन्। उनले विश्वकपमा इंग्ल्यान्ड विरुद्धको पहिलो खेल तथा नेदरल्यान्ड्सविरुद्धको दोस्रो खेल गुमाएका थिए। विलियमसन आइपिएलका दौरान गत ३१ मार्चमा चोटिल भएपछि मैदान बाहिर रहँदै आएका थिए। विलियमसनको अनुपस्थितिमा टोम लाथमले टिमको कप्तानी गर्दै आएका थिए।
न्युजिल्यान्ड र बङ्गलादेश दुवैको यो विश्वकपमा तेस्रो खेल हो। न्युजिल्यान्डले पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन इंग्ल्यान्ड तथा दोस्रो खेलमा नेदरल्यान्ड्सलाई हराएको थियो। त्यस्तै बङ्गलादेशले अफगानिस्तानलाई हराउँदा, दोस्रो खेलमा इंग्ल्यान्डसँग पराजित भएको थियो। न्युजिल्यान्डले पछिल्ला ५ मध्ये ४ खेलमा जित निकाल्दा बङ्गलादेश ५ खेलमा १ जित र ३ हारको सामना गरेको छ भने एक खेल विना नतिजा सकिएको छ।
यी दुई टिमबिच अहिले सम्म कुल ४१ एक दिवसीय खेल भएका छन्। जसमा न्युजिल्यान्डले ३० र बङ्गलादेशले १० खेलमा जित निकालेको छ। एक खेल विनानतिजा टुंगिएको छ। विश्वकपमा अहिले सम्म यी दुई टिमबिच ५ खेल हुँदा सबै खेलमा न्युजिल्यान्ड विजयी भएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ असोज २०८०, १५ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यू–१९ विश्वकप क्रिकेट : भारतलाई आज चुनौती दिँदै नेपाल