काठमाडौं । इजरायलबाट २५० जना नेपाली लिएर नेपाल वायु सेवा निगमको जहाज काठमाडौंका लागि उडेको छ । बेन गुरियन विमानस्थलबाट केही बेरअघि उडेको विमान आज राति सवा ९ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्नेछ ।
आज बिहान साढे २ बजे नेवानीको विमान इजरायलका लागि उडेको थियो । परराष्ट्रमन्त्री एनपी साउदको नेतृत्वमा नेवानीको विमान उद्धारका लागि इजरायल पठाइएको हो । क्याप्टेन श्रवण रिजाल नेतृत्वको क्र्यू मेम्बरले उद्धार उडान भरेका हुन् ।
मन्त्री साउदले नेपाली दूतावासका कर्मचारी साथै इजरायली अधिकारीसँग कुराकानीसमेत गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २५ असोज २०८०, १६ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हमासले स्वीकार गरेको युद्धविराम प्रस्ताव इजरायलद्वारा खारेज, रफाहमा आक्रमण सुरु
इजरायलले थाल्यो गाजा क्षेत्रको रफामा आक्रमण
लेबनानबाट उत्तर इजरायलमा रकेट प्रहार
इजरायलले हमासलाई युद्धविरामको जवाफ दिन एक साताको समय दियो
इजरायल र हमासबीच युद्ध विरामको संकेत
वायु सेवा निगमको न्यारोबडी जहाज आज काठमाडौँ ल्याइदै