मस्को । प्यालेस्टाइनी अतिबादी समुह हमास र इजरायलका बिचमा युद्दले तिब्रता पाएको छ ।
सो जारी युद्दमा परी झन्डै दुइ हजार बढीले ज्यान गुमाएको बिभिन्न सञ्चारमाध्यमले जनाइरहेको बेला उक्त युद्दमा मारिने बिदेशीको संख्या पनि क्रमशः बढदै गएको देखिएको छ ।
यसैबिच, हमासको आक्रमणमा ४ रुसी नागरिकको मृत्यु भएको छ ।
इजरायलमा हमासले गरेको आक्रमणमा चार रुसी नागरिकको मृत्यु भएको रसियाली सरकारी सञ्चारमाध्यम तासले मंगलबार तेल अवीवस्थित रुसी दूतावासलाई उद्धृत गर्दै सो जानकारी दिएको हो ।
साथै, रुसी विदेश मन्त्री सर्गेई लाभरोभ र इरानी विदेश मन्त्री होसेन अमिर अब्दुल्लाहियानले मंगलबार फोनमा ‘वर्तमान मध्य पूर्व एजेन्डाबारे विचार आदान प्रदानसमेत गरेका छन्’, रुसी विदेश मन्त्रालयले भनेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘सशस्त्र द्वन्द्वको चाँडो अन्त्यको महत्त्व र प्रख्यात अन्तर्राष्ट्रिय कानुनी आधारमा स्थितिको समाधानको महत्त्वमा जोड दिइएको छ ।’
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, २४ असोज २०८०, ०७ : ५२
लेखकबाट थप