बससेवा डटकममा दसैँका लागि अग्रिम टिकट बुकिङ खुल्यो

सफल खबर संवाददाता

आइतबार, २१ असोज २०८०, १२ : २४
बससेवा डटकममा दसैँका लागि अग्रिम टिकट बुकिङ खुल्यो

काठमाडौँ । अनलाइनबाट बस टिकट काट्न सकिने सेवा प्रदान गर्दै आएको बससेवा डटकममा दसैँको अग्रिम टिकट बुकिङ खुला भएको छ । बुकिङ खुला भएसँगै अबदेखि यात्रुहरूले अनलाइनबाटै दसैंको अग्रिम टिकट बुकिङ गर्न सक्नेछन् ।

साथै दसैँमा गएका यात्रुहरूले फर्कनका लागि पनि बससेवाबाटै टिकट काट्न सक्नेछन् । बससेवाबाट नेपालका अधिकांश रूटहरूका टिकट काट्न सकिन्छ । यात्रुहरूले बससेवा डटकम, तथा बससेवाको मोबाईल एप्लिकेशनबाट टिकट बुकिङ गर्न सक्नेछन् ।

 

यातायात व्यवसायीसँगको छलफलपछि अनलाइनबाट बुकिङ सुरू गरिएको बससेवा डटकमका प्रमुख कार्यकारी अधिकृत पीआर खनालले बताए । उनले भने, ‘बिगतका वर्षहरुका तुलनामा यस वर्ष सिट संख्या धेरै रहेको छ । बससेवा मार्फत अहिले दैनिक ४० हजार भन्दा धेरै टिकट बुकिङ गर्न सक्नुहुनेछ।’

यात्रुहरुले बससेवा डटकम तथा बससेवाको मोबाईल एप्स् मार्फत सहजै टिकट काट्न सक्नेछन् । बससेवाले बससेवा मार्फत टिकट काट्ने यात्रुहरुमध्ये हरेक दिन ५ जनालाई शतप्रतिशत क्यासब्याक अफर समेत सार्बजनिक गरेको छ । बससेवाले पछिल्लो समय पृथ्वी यातायातसँग समेत सहकार्य गरेको छ । यो सँगै पोखराबाट काठमाडौ मात्र नभएर नेपालका कुनैपनि शहरको टिकट अनलाइनबाटै काट्न सकिनेछ ।

 

बससेवाले पछिल्लो समय यात्रुहरुलाई सडकमा कुर्न झञ्झट नहोस् भन्ने उद्देश्यले राजधानीको कलंकीमा प्यासेन्जर लाउञ्जको समेत व्यवस्था गरेको छ । बससेवा नेपालको एकमात्र अनलाइन बस टिकट विक्री गर्ने माध्यम हो । बससेवामा करिब तीनसय वटा यातायात समिति तथा कम्पनी आबद्ध रहेका छन् ।

प्रतिक्रिया दिनुहोस