नुवाकोट । राष्ट्रिय युवा संघ नेपाल, जिल्ला कमिटी नुवाकोटले हत्या अभियोगमा दोषी ठहरिएका योगराज ढकाल ‘रिगल’लाई आममाफी दिएको विरोधमा जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री कार्यालयलाई ज्ञापनपत्र बुझाएको छ ।
जिल्ला कमिटी नुवाकोटले जिल्ला अध्यक्ष प्रज्वल सापकोटाको नेतृत्वमा आज जिल्ला प्रशासन कार्यालय नुवाकोट मार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई ज्ञापनपत्र बुझाएको हो ।
हत्या अभियोगमा दोषी ठहरिएर सवर्स्वसहित जन्मकैद सजाय पाएका कांग्रेस भातृसंगठन तरुण दलका नेता योगराज ढकाल ‘रिगलडलाई गठबन्धन सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएको बिरोधमा ज्ञापनपत्र बुझाएको सापकोटाले बताए ।
दैनिक बढ्दै गएको अराजक गतिबिधी, मुल्यवृद्धिको पनि संघले ज्ञापन पत्र मार्फत बिरोध जनाएको कुरा राष्ट्रीय युवा संघ नेपालका केन्द्रिय सदस्य सुरेश भण्डारीले बताए । युवा संघका जिल्ला उपसचिव रुपक पौडेल,दिनेश न्यौपाने लगायत नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २० असोज २०८०, १३ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तीनकुनेमा युवासंघको प्रदर्शन
युवा संघ र दुर्गा प्रसाईको समर्थकबीच बल्खुमा झडप