अकबरे खोर्सानीको बजार भाउ घटेपछि किसान चिन्तित

शनिबार, ०८ पुस २०७४, १५ : ०८
अकबरे खोर्सानीको बजार भाउ घटेपछि किसान चिन्तित

तेह्रथुम । तेह्रथुममा उत्पादन भएको अकबरे खोर्सानीले राम्रो मूल्य नपाउँदा यहाँका किसान चिन्तित बनेका छन् ।

वर्षेनि उत्पादन बढ्दै गए पनि बजार व्यवस्थापनमा कसैले चासो नदिँदा अकबरे खोर्सानीले बजार नपाएको गुणासो किसानको छ । बजार भाउ घटेपछि अकबरे खोर्सानीको व्यावसायिक खेती गरिरहेका किसान अहिले निराश बनेका छन् ।

गत वर्ष यो मौसममा अकबरे खोर्सानीको कारोबार रु ३५० देखि ५५० सम्म भएको थियो । तर यो वर्ष हाल रु १०० देखि १५० मा मात्रै कारोबार भइरहेको छ । उत्पादन बढी भएपछि बजार मूल्य घटेको हुनसक्ने सुदापका किसान डिकबहादुर खड्काले बताए ।

प्रतिक्रिया दिनुहोस