क्रिकेटमा नेपालले हारे पनि ओलीले भने– हाम्रो प्रतिस्पर्धी क्षमता बढ्यो

सफल खबर संवाददाता

मंगलबार, १६ असोज २०८०, १० : ५४
क्रिकेटमा नेपालले हारे पनि ओलीले भने– हाम्रो प्रतिस्पर्धी क्षमता बढ्यो

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एसियाली खेलकुद प्रतियोगिता अन्तर्गतको पुरुष क्रिकेटमा नेपाली टोलीले भारतसँग हारे पनि नेपाली खेलाडीको प्रतिस्पर्धा गर्ने क्षमता बढेको बताएका छन् ।

चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत मंगलबार भएको पुरुष क्रिकेटमा भारतसँग नेपालले २३ रनले हारेको थियो ।

भारतसँग हारेलगत्तै अध्यक्ष ओलीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मात्र २३ रनको फरक ! हाम्रो प्रतिस्पर्धी क्षमता बढेको छ । कोसिस गर्नेको एक दिन अवश्य जित हुन्छ। शुभ बिहानी !’