काठमाडौँ । हालै अष्ट्रेलिया पलायन भएको राष्ट्रिय फुटबलर विमल घर्तिमगरले नेपाल सुपर लिग खेल्ने भएका छन् । उनले सामाजिक सञ्जालमार्फत आफू नेपाल सुपर लिगमा आइकनिक प्लेयरका रूपमा सहभागी हुने जानकारी गराएका हुन् ।
विमल राष्ट्रिय फुटबल टिमबाट बिदा हुँदै गत साता अष्ट्रेलिया प्रस्थान गरेका थिए । जानुअघि उनले एनएसएलका लागि ललितपुर सिटी एफसीसँग गरेको सम्झौता रद्द गरेका थिए । सो क्लबले उनलाई मार्की खेलाडीका रूपमा अनुबन्ध गरेको थियो । विमलले छोडेपछि उनको स्थानमा अनन्त तामाङलाई ल्याइएको छ ।
अष्ट्रेलियाबाटै विमलले सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै चितवन एफसीबाट खेल्ने बताएका छन् । फेरि पनि आफ्नो माटोमा खेल्ने सुवर्ण मौका दिएको भन्दै उनले क्लबलाई धन्यवाद दिएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १५ असोज २०८०, १६ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अष्ट्रेलियामा पारित भयो १६ वर्षमुनि सामाजिक सञ्जाल चलाउन नपाइने विधेयक
नेपालको विकास प्रयासमा अष्ट्रेलियाले सघाउने
भारतविरुद्धको टेस्ट सिरिजका लागि अस्ट्रेलियन टिमको घोषणा
अष्ट्रेलिया सरकारको कडाइपछि विद्यार्थी भिसा आवेदनमा कमी
भारत र अष्ट्रेलियाबीच समुद्री सुरक्षा वार्ता
अष्ट्रेलियामा कोभिड–१९ का कारण मृत्युदर अझै पनि उच्च