काठमाडौ । आपराधिक विश्वासघात’को आरोपमा प्रहरीले पक्राउ गरेका अभिनेता अनमोल केसीलाई आज (आइतबार) अदालत लगिँदै छ।
‘रावायण’ फिल्ममा अभिनयका लागि १० लाख रुपैयाँ लिएर पनि सुटिङमा नआएर धोका दिएको भन्दै निर्माताले जाहेरी दिएपछि प्रहरीले अभिनेता केसीलाई शुक्रबार काभ्रेबाट पक्राउ गरेको हो।
काठमाडौं परिसरका प्रवक्ता एसपी कुमोद ढुंगोलका अनुसार उनलाई पक्राउ परेकै दिन शुक्रबार राति अस्पताल भर्ना गरिएको हो। पछिल्लो समय विभिन्न अभियोगमा पक्राउ परेका भीभीआईपीहरू हिरासत नबसेर अस्पताल भर्ना हुने प्रचलनजस्तै बन्दै गएको छ।
अभिनेता अनमोललाई आज जिल्ला अदालत काठमाडौंमा उपस्थित गराउने तयारी प्रहरीले गरेको छ। अदालतले अनुमति दिए अनमोल हिरासतमै रहनेछन्। तर पीडितसँग सहमति भए वा हिरासतमा राख्न अदालतले अनुमति नदिए आजै छुट्ने सम्भावना पनि छ।
निर्माताले फिल्म ‘रावायण’ सुटिङका लागि एक करोड ५ लाख रुपैयाँ खर्च भइसकेको बताएका छन्।
६५ जना प्राविधिकलाई पनि पारिश्रमिक दिइसकेको र सबै गरेर त्यतिरकम खर्च भइसकेको निर्माताले प्रहरीसामु दाबी गरेका छन्।
फिल्म सुटिङ नभएपछि निर्माताले पारिश्रमिकबापत दिएको रकम फिर्ता मागेका थिए। तर प्राविधिकहरुले त्यो रकम घर खर्च भइसकेको र तिर्न नसक्ने काम गर्ने बताएपछि निर्माता र प्राविधिक प्रहरी गुहार्न पुगेका हुन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १४ असोज २०८०, ०९ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चलचित्र ‘फर्की फर्की’को फस्टलुक सार्वजनिक